आज तोलामै २५ सयले बढ्याे सुनकाे मूल्य, यस्ताे छ बजार भाउ
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | ११:२४:०० मा प्रकाशित
काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आज तोलामै २५ सयले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला १३५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएकाे छ ।
सुनको मूल्यमा आएको उतार चढावको असर नेपाली बजारमा देखिएको महासंघले बताएकाे छ ।
महासंघका अनुसार गत मंसिर महिनाको तुलनामा अहिले सुनको कारोबार सुस्ताएको छ । अहिले अत्यावश्यक बाहेकका अन्य ग्राहकहरु सुन खरिदका लागि आएका छैनन ।
अहिले दैनिक करिब ३० किलोको हाराहारीमा सुनको कारोबार भइरहेको जनाइएकाे छ । गत मंसिर महिनामा सुनको कारोबार दैनिक करिब ४५ केजीसम्म हुने गरेको थियो । मंसिरमा बिहेको लगन धेरै हुने भएकाले सुन बजारमा चहलपहल र माग दुवै बढेको थियो । तर, अहिले सुनचाँदीको कारोबार सुस्ताएको छ । सुनको मूल्य तोलामै लाख रुपैयाँ पुग्न लागेकोले पनि कारोबार सुस्ताएको हुनसक्ने महासंघले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस