गाउँ सहर

स्रोत नखुलेको करिब १० लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

काठमाडाैं । स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महोत्तरीमा स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । महोत्तरीको मनराशिसवा–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँसहित भारत बिहारको सितामढी सिरसिया थाना १४ बस्ने ३० वर्षिय दीपककुमार चौधरी रहेको प्रहरीले जानकारी दिएकाे छ । 

महोत्तरी स्थित नेपाल–भारत सिमानाकाबाट बीआर ३० ए डि ८३४६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कम्बरमा रातो कपडाको थैलीभित्र लुकाई छिपाई ल्याएको नेपाली रुपैयाँको स्रोत नखुलेको प्रहरीले बताएकाे छ । 

स्रोत नखुलेको रकमसहित चौधरीलाई कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ भने उनीसँग एक थान मोटरसाइकल, एक थान मोबाइल र एक थान भारतीय सिम कार्ड समेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत