कुलमानकी पत्नी दीपा राप्रपा धादिङको उपाध्यक्षमा चयन
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १२:०७:०० मा प्रकाशित
धादिङ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् ।
राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरूबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङ उपाध्यक्षमा चयन भएकी हुन् । कुलमानलाई नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।
कुलमानको नियुक्ति रोक्न ठूलो चलखेल हुँदाहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनीत गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।
राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।राप्रपा धादिङको गत कात्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुब खनाल अध्यक्षसहित ३१ जना निर्वाचित भएका थिए ।
कुलमान भने रामेछापकाे सुनापति-३, बेथान डहुँ निवासी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
प्रतिकृया दिनुहोस