एमसीसीका विषयमा प्रधानमन्त्री देउवा र दाहालबीच कुरा मिलेन
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १२:५५:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचकाे छलफल विना निष्कर्ष टुंगिएकाे छ ।
एमसीसीको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न दाहालले गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले स्वीकार्न नसकिने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा दाहालले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
दाहालको सचिवालयका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया तत्कालका लागि रोक्न आग्रह गरेका थिए । 'अध्यक्षले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया रोक्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले भोट हाल्ने भए हाल्नु । एमसीसी अनुमोदनको प्रक्रिया रोकिँदैन ।' अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीचको कुराकानी उदृत गर्दै सचिवालयका एक सदस्यले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन् । प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनमा समेत एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेका थिए । माओवादी भने आफ्नो अडानमा यथावत भइ पूर्ववत् निर्णयमै रही एमसीसीको विपक्षमा रहने दाहालको सचिवालयले बताएको छ ।
आजै संसद्मा एमसीसीमाथि छलफल हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस