सहमति : भारतले नेपालसँग मिलेर जलविद्युत आयोजनाहरू बनाउने र किन्ने
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १७:१२:०० मा प्रकाशित
काठमाडाैं । भारत नेपालका थप आयोजनाहरुको बिजुली किन्न सहमत भएको छ ।
नेपाल-भारत ऊर्जा सविस्तरीय बैठकमा भएको सहमतिअनुसार भारतले गरेको प्रस्तावअनुसार अध्ययन अघि बढाउन संयुक्त प्राविधिक टोली गठन हुने भएको छ ।
नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बिहीबार काठमाडौंमा सम्पन्न नवौं बैठकमा भारतले यस्तो सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए ।
भारतको बंगाल राज्यसँग नेपालको विद्युत् कनेक्टिभिटीका लागि १३२ केभी प्रसारण लाइन बनाउन संयुक्त कार्यदल बनाएर अध्ययन गर्ने पनि दुई पक्षबीच सहमति भएको छ । त्यस्तै, नेपाल र भारत बीच संयुक्त लगानीमा जलविद्युत् आयोजना बनाउनका लागि अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ ।
बैठकमा दुई देशबीच मौजुदा प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारणलाइनहरु, अरुण ३ जलविद्युत तथा प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात निर्यात लगायतका विषयहरुमा सहमति भएको हो ।
त्यस्तै, नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६ सय मेगवाट बिजुली प्रवाह गर्न जेएससी बैठकबाट सहमति जनाइएको छ । यो प्रसारण लाइनको क्षमता थप्न सबस्टेसनलगायत पूर्वाधारहरु बनाउने काम सन् २०२३ भित्र सकिसक्ने पनि सहमति भएको चटौतले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस