खेल
ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण शुक्रबार, २०७८ | ०७:१५:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ भने संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै, एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड रेलिगेसनमा परिसकेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस