प्रचण्ड निवास खुमलटारमा माओवादी शीर्ष नेताको बैठक जारी
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण शुक्रबार, २०७८ | ११:०४:०० मा प्रकाशित
काठमाडाैं । नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो ।
बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रीत रहेकाो एक नेताले जानकारी दिएका छन् । हिजाे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल हुने जनाइएकाे छ । छलफलमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताएका थिए भने अब आ–आफ्नै बाटो लाग्नेबारे निष्कर्ष निकालिएको थियो ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बिहीबार देउवा प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आआफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताएका छन् । नेता पोखरेलले भने, -‘ प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच भएको छलफलपछि सौहार्दपुर्ण वातावरणमै आआफ्नो बाटो लाग्ने कुरा बुझेको छु ।’ ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो ।’
प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस