करिब ३ करोडको सामानसहित चार जना पक्राउ
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण शुक्रबार, २०७८ | १६:३५:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले भन्सार छली चोरी पैठारी गरी चार वटा ट्रकमा ल्याउँदै गरेका सामानहरू बरामद गरेकाे छ । चितवनकाे खैरहनी नगरपालिका ८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी चार वटा ट्रकमा ल्याउँदै गरेका कपडा, फलामको छड, भाँडावर्तन र ट्रकसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानहरू सहित चार जना चालकहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।
पर्सा वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले जाँच गर्दा ना.६ ख ११३ नम्बरको ट्रक लगायत चार वटा ट्रकबाट ल्याउँदै गरेको उक्त सामानहरू बरामद गरेको जानकारी दिएकाे छ । बरामद मालसामान, चारवटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
प्रतिकृया दिनुहोस