एमाले पुरानै अडानमा, कांग्रेस मनाउने प्रयासमा, आज पुनः छलफल हुने
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शनिबार, २०७८ | ०७:५३:०० मा प्रकाशित
भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पुन: छलफल हुने भएको छ । शुक्रबार अबेरसम्म छलफल गरेका नउनीहरूबीच आज पुन: छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारि दिए । कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ ।
यसअघि शुक्रबार पनि उनीहरूबीच छलफल भएको थियो । छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।
बालकोटस्थित ओली निवासमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिएका थिए ।
एमालेले सम्झौता संसद्बाट अनुमोदन गराउनका लागि संसदीय प्रक्रियामा सहभागी हुन सकिने अडान राखेको छ । आफूहरुले कारबाही गरेका १४ सांसद्लाई कारबाही गरिएको सूचना टाँस वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने सर्त एमालेले अगाडि सारेको हो ।
सत्तारुढ गठबन्धनका दलहरुबाट एमसीसी पारित गर्न सहयोग प्राप्त हुन नदेखिएपछि देउवाले एमालेसँग छलफल अगाडि बढाएका हुन् ।
प्रधानमन्त्री देउवा तथा एमाले अध्यक्ष ओलीसहित सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेका नेताहरुबीच बिहीबार र शुक्रबार छलफल भएको हो। तर, छलफलमा एमालेले पुरानै अडान दोहोर्याएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस