राजनीति

एमालेसँग निर्णायक वार्ताअघि कांग्रेस नेताहरु आन्तरिक छलफल गर्दै

काठमाडाैं । एमालेसँग निरन्तर रूपमा छलफलमा रहेकाे नेपाली कांग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा कांग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् ।

आजै ३ बजे कांग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा  निर्णायक वार्ता गर्न बालकोट जाने कार्यक्रम रहेको छ ।  

यसअघि शुक्रबार पनि उनीहरूबीच छलफल भएको थियो । छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।

बालकोटस्थित ओली निवासमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत