पछिल्लाे २४ घण्टामा सयमा झर्याे सङ्क्रमित संख्या, ५४० जना सङ्क्रमणमुक्त, दुईको मृत्यु
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शनिबार, २०७८ | १५:५२:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पाँच हजार १५२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १५५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ५४० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल आठ हजार ८३९ जना सक्रिय सङ्क्रमित छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस