गाउँ सहर

रामेछाप-काठमाडाैं सम्पर्क समितिद्वारा रक्तदान सम्पन्न

काठमाडाैं । नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिले रक्तदान कार्यक्रम गरेकाे छ । 

शनिवार समितिले काठमाडाैंकाे म्याकडोनाल्ड क्याफे मध्येबानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । 

साे अवसरमा रामेछापबाट विभिन्न पेशा-व्यवसाय गरेर राजधानीमा बस्दै आएका ५५ जना नेता तथा कार्यकर्ताले रक्तदान गरेकाे सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठका जानकारी दिए ।  

“मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो- रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा उत्साजनक सहभागी भएकाे श्रेष्ठले उल्लेख गरे । रेडक्रस सोसाइटी काठमाडौंको प्राविधिक सहयोगमा रक्तदान गरिएकाे हाे ।

रक्तदानमा सहभागीहरूलाई प्रमाणपत्र पनि प्रदान गरेका थियाे ।

कांग्रेस समर्थक सम्पर्क समितिले विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएकाे छ । यसअघि सम्पर्क समितिले जिल्लाका स्थानीय निकायहरूमा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे थियाे । 

गाउँ सहर संवाददाता

तपाईँको मत