राजनीति

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडाैं । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।  

प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नु परेको जानकारी दिएकाे छ । आज दिउँसो १ बजेका लागि  तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको  प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत