गाउँ सहर

यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते

काठमाडाैं । शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ खोलाबगरमा बा २ ख ६५८८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हाे । 

 घाइतेहरुको बोडेगाउँ अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएकाे छ । चालक र सहचालक फरार रहेकोले खोजी कार्य भइरहेकाे जनाइएकाे छ । 

बगर मोडमा ब्रेक नलागेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ । बस काठमाडौंबाट इन्द्रावती गाउँपालिका आउँदै गरेको थियो ।

हेलम्बु यातयातकाे उक्त गाडी ५ : १५ बजे पल्टिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत