पल शाहले भने - पूरै पहिलो दिनदेखि नै फसाउँदै–फसाउँदै मलाई यहाँसम्म ल्याइपुर्याइयाे, मलाई दिलबाट नलिकालिदिनुस म निर्दोष छु (भिडियाेसहित)
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १४:०१:०० मा प्रकाशित
काठमाडाैं । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा नायक पल शाह प्रहरी नियान्त्रण्मा रहेका छन् । उनी आफै जाहेरी परेको जिल्ला तनहुँको प्रहरी कार्यालय पुगेसँगै उनलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।
उनले आफू अस्वास्थ्य भएकाले केही दिन ढिला भएको समेत बताएका छन् । ‘अहिले मेरो अवस्था ठिक छ, मैले सबै घर व्यवहार पनि मिलाउनु पर्ने थियो, म प्रहरीकहाँ गएपछि जे पनि हुने अवस्था थियो, त्यसैले केही दिन ढिला हुन पुग्यो,’ एक भिडिओ सन्देशमा उनले भने, ‘मैले गर्दा कतिलाई कठिन भएको होला, यसका लागि माफी माग्न चाहन्छु ।’
शाहले आफूले कानुनलाई सघाउने बताउँलै आफूसँग भएका सबै प्रमाण पेश गर्ने बताएका छन् । उनले आफूलाई फसाइएको बताए । उनले भने, ‘पूरै पहिलो दिनदेखि नै फसाउँदै–फसाउँदै मलाई यहाँसम्म ल्याइपुर्याएको छ ।’
उनले आफूलाई आफू अभिनित फिल्म दर्शकसँग बसेर हेर्ने इच्छा भएको बताए । उनले अदालतले जुन निर्णय गर्ने भए पनि आफूले स्वीकार्ने बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस