संसद् बैठक निर्धारित समय भन्दा ढिला, दलहरु आन्तरिक छलफलमा
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १४:२३:०० मा प्रकाशित
काठमाडाैं । आज दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समय भन्दा ढिला भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बैठक एक घण्टाका लागि सारिएको छ । दिउँसो १ बजेका लागि तोकिएको बैठक २ बजेका लागि सारिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त हुँदा दिउँसो साढे १ बजेसम्म कार्यव्यवस्था समिति बैठक बस्न सकेको छैन ।
अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि छलफल हुने सम्भावित कार्यसूची यसअघि नै सार्वजनिक भएको थियो ।
सत्ता गठबन्धनमा सहभागी दलले एमसीसीको अनुमोदनका लागि व्याख्यात्मक प्रस्तावमा सहमति जनाएपछि त्यसको तयारीमा भइराखेको छ । सत्ता गठबन्धनका सबै दल छलफलमा व्यस्त हुँदा बैठक ढिला हुने भएको हो ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयलाई औपचारिकता दिन नेकपा (माओवादी केन्द्र) संसदीय दल र नेकपा (एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।
सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा औपचारिक निर्णय गरेपछि मात्र कार्यव्यवस्था समिति बैठक बस्नेछ । त्यसपछि संसद् बैठक आरम्भ हुने सभामुखका प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस