शेयरबजार : नेप्से सामान्य अंकले घट्याे
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १५:४७:०० मा प्रकाशित
काठमाडाैं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य घटेकाे छ । तर एमसीसी पास हुने अपेक्षामा जलविद्युत उपसमूहको परिसूचक बढेको छ ।जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ ।
यसदिन नेप्से परिसूचक भने ७.७३ अंक घटेको छ ।
यस दिन २२४ कम्पनीको ४९ हजार ६७० पटकको कारोबारमा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
एमसीसी पास हुने अपेक्षामा जलविद्युत कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेका कारण यस उपसमूहको परिसूचक बढ्न पुगेको हो । यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुको सूचीमा ७ जलविद्युत कम्पनी रहेका छन् ।
कारोबार रकमका आधारमा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ४४ लाख २४ हजार १४१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी र नेशनल हाईड्रोपावर कम्पनी रहेका छन् ।
कारोबारमा आएको हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस