राजनीति

एसीसीबारे बाेल्दै झलनाथले गरे चिनकाे चिन्ता, लोसपा सम्झौताको पक्ष : ठाकुर

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरू एमसीसीबारे व्याख्यात्मक घोषणाको विपक्षमा रहेको बताएका छन् । एमसीसीमाथि सदनमा सुरू भएको छलफलमाथि माग लिँदै खनालले व्याख्यात्मक घोषणाको कुनै कानूनी अर्थ नरहेको बताए।

सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाए । खनालले एमसीसी संसदबाट अनुमोदन भएमा चीनलाई असर पर्ने टिप्पणी गरे ।

उनले सन्धि र सम्झौता सबै सांसदहरुले छलफल गर्न पाउनुपर्ने बताए । उनले भने,'एमसीसीका दस्तावेजहरु सदनमा नल्याइकन कसरी हुन्छ । तपाईं हामी भेडा बाख्रा हैनौं ।' 

नेता खनालले नेपालले अमेरिकाको कानुन मान्न नसकिने बताए । उनले अमेरिकाले हङकङ, तिब्बत, ताइनवानजस्ता ठाउँका लागि कानुन बनाइरहेको भन्दै अमेरिकाको कुरा मान्दै जाने हो चीनसँगको सम्बन्ध कस्तो हुन्छ भन्दै प्रश्न गरे ।

संसदमा बाेल्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीकाे पक्षमा रहेकाे बताएका छन् ।

उनले एमसीसी राम्रो उद्देश्यले आएको बताए । नेपालले क्राइटेरिया पूरा गरेकाले आएको उनको भनाइ छ ।

'नेपाललाई सात दशकदेखि अमेरिकाले विकास साझेदारको रुपमा सहयोग गर्दै आएको छ । राष्ट्रिय जीवनको हरेक क्षेत्रमा उसको केही न केही सहयोग देखिन्छ । यो सहयोग अनुदानको रुपमा आएको छ', उनले भने ।

नेपाल सरकारले तोकेको क्षेत्र यो सहयोग खर्च हुने उनले बताए । आफ्नो पार्टी लोसपा एमसीसीको पक्षमा रहेको उनले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत