स्वास्थ्य
काेराेना सक्रिय संक्रमित अब ८ हजार ५१७ मात्र, १११ जना थपिँदा ४१५ निकाे, थप एककाे मृत्यु
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १६:४६:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा पछिल्लाे समय काेराेना सक्रिय संक्रमितकाे संख्या घट्दै गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब ८ हजार ५१७ मात्र सक्रिय संक्रमित छन् ।
पछिल्लाे २४ घण्टामा थप काेराेनाबाट एक जनाकाे मात्र निधन भएकाे छ । ९ हजार ७१० जनाकाे परीक्षण गर्दा नयाँ १११ जना संक्रमित पहिचान भएका छन भने साे अवधिमा ४१५ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
मन्त्रालयका अनुसार साे अवधिमा खाेप लगाउनेकाे संख्या ४१ हजार ३६९ रहेकाे छ ।
काेराेनाबाट हालसम्म ११ हजार ९३५ जनाकाे मृत्यु भइसकेकाे छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३९२.९ रहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस