एमसीसी अनावश्यक रुपमा गिजोलियाे, बिराेध गर्नुकाे अर्थ छैन
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १७:१४:०० मा प्रकाशित
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनावश्यक रुपमा गिजोलिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए ।
‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ ?’ भनेर प्रश्न गरे ।
आधारभूत रुपमा हेर्दा एमसीसीमा हामीले आपत्ति गर्नुपर्ने विषय केही पनि छैन । आफुले पटक–पटक पढेको भन्दै एमसीसीमा सबैले स्वीकार गर्नुपर्ने बताए ।
राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रमुख प्रतिपक्षका सांसद विरोधमा उत्रिनु राम्रो नभएको भन्दै सदन खुलाउन लाग्नुपर्नेमा जोड दिए । भट्टराइले भने , ‘राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रमुख प्रतिपक्षका सांसद विरोधमा उत्रिनु राम्रो छैन । यस्तो अवस्थाको अन्यका लागि सरकार र सत्तारुढ दलले ध्यान दिनुपर्छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
प्रतिकृया दिनुहोस