रुस र युक्रेन बिचको युद्धको असर नेपालमा : बढ्न थाल्यो खाद्यान्नको मुल्य
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | ११:०५:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा रुस र युक्रेनबीच निरन्तर रुपमा बढेको तनावको असर पर्न थालेको छ । उक्त युद्धको असर विशेष गरी तेल लगायत खाद्य सामाग्रीको मूल्यमा देखिन थालेको हो ।
नेपालका उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत युक्रेन लगायत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलियाबाट आयात गर्नुपर्दछ ।
यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मुल्य निर्धारण हुने हुँदा बजारमा खाने तेल लगायत अन्य खाद्य सामग्रीको मुल्य बढिरहेको नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ताले जानकारी दिएका छन् ।
गुप्ताका अनुसार ‘रुस र युक्रेन बिचको युद्धको असर नेपालमा पनि पर्न थालेको छ । खाद्यान्नको मुल्य बढीरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै निर्भर हुनुपर्ने भएकाले नेपालमा पनि महंगी बढ्न थालेको छ ।’
उनले भने 'अझै कतिसम्म मुल्य वृद्धि हुन्छ भन्नेबारे अहिले नै भन्न नसकिने उनले बताए । उपभोक्ताले महंगी बढ्छ भनेर खाद्यान्न जोहो गर्न थालेको बताए । ‘बजारमा बढ्छ भन्ने हल्ला छ । हुन पनि यो हल्ला मात्र होइन महंगी बढ्न थालिसकेको छ । अझै महंगीको मारमा परिने होकी भन्ने त्रासले उपभोक्ताले खाद्यान्न जोहो गर्न थालेका छन् ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस