राजनीति

एमसीसी सम्झौता अनुमोदन पश्चात अमेरिकाकाे यस्ताे प्रतिक्रिया

काठमाडाैं । प्रतिनिधिसभा संसदको फागुन १५ को बैठकले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेको विषयमा काठमाडौंस्थित अमेरिकी राजदूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

५० करोड अमेरिकी डलरको एमसीसी कर्पोरेशन अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रुपमा नेपाल सरकारको हातमा रहेको र यो प्रतिबद्धता पूरा गर्दै नेपालले एमसीसी संसदबाट अनुमोदन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको यो निर्णयका कारण नेपाली जनताको लागि थप रोजगारीको सिर्जना हुने र विद्दुत सेवाको आपूर्तीमा वृद्धि हुने र ढुवानी खर्च घट्ने पनि जनाइएको छ ।

यससँगै नेपाल र अमेरिकाको कुटनीतिक सम्बन्ध ७५ औं वर्षमा पुगेको उल्लेख गरिँदै दुई देशबीच एउटा सम्झौताभन्दा धेरै फराकिलो सम्बन्ध रहेको अमेरिकाले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत