गाउँ सहर

मोटरसाइकल चोरेको आरोपमा रामेछापका घिसिङ पक्राउ

 

काठमाडाैं । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले भक्तपुरबाट १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका–५ स्थित भिरकोट घर भएका छिरिङ घिसिङ छन् ।  

काभ्रेको बनेपा बस्ने घिसिङले राजधानी लगायतका जिल्लाहरूबाट मोटरसाइकल चोर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले गाउँसहरलाई बताए ।

आरोपीले चोरेको विभिन्न ब्रान्डका २ वटा मोटरसाइकल र ४ वटा स्कुटर प्रहरीले बरामद गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत