शैलुङ्ग साहित्यक-सांस्कृतिक महोत्सवमा केपी ओली सहभागी हुने
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण मंगलबार, २०७८ | ११:५३:०० मा प्रकाशित
रामेछाप । शैलुङ्गमा साहित्यक-सांस्कृतिक महाेत्सव हुने भएकाे छ ।
रामेछाप र दोलखाको सिमानामा रहेको रमणीय पर्यटकीय क्षेत्र शैलुङ्गमा फागुन २० गते साहित्यिक महोत्सव हुन लागेकाे हाे ।
महोत्सवको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा देशका प्रतिष्ठित साहित्यकारहरूको सहभागीता रहने छ ।
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका, दोलखाको शैलुङ्ग र मेलुङ्ग गाउँपालिकाले कार्यक्रमको व्यवस्थापन गर्ने भएका छन् । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का तथा दोलखाको जिल्ला समन्वय समिति प्रमुख डवलकाजी पाण्डेको उपस्थितिमा आइतबार दोलखाको कालापानीमा बसेको बैठकले कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउने निर्णय गरेको छ ।
स्थानीय एवम् पश्चिमी रामेछाप पर्यटन विकास केन्द्र, दोरम्बाका अध्यक्ष दावा सङबु शेर्पाका अनुसार महाेत्सवले पर्यटकीयस्थल शैलुङ्गकाे प्रचार प्रसारमा थप सहयाेग पुग्ने बताए ।
उनले भने- 'महाेत्सवमा रामेछापकाे सुन्दर टापु साहित्यिक मालामा पनि उनिनेछ भन्ने विश्वास लिएकाे छ । यसले पर्यटन प्रवर्धनमा पनि सघाउ पुग्ने अपेक्षा स्थानीयबासीले लिएका छन् । शैलुङ्गमा साहित्यक-सांस्कृतिक महाेत्सव गर्न पाउनु गर्वकाे कुरा पनि हाे ।'
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस