स्वास्थ्य

पछिल्लाे २४ घण्टामा यस्ताे छ देशभर काेराेना संक्रमणकाे अवस्था

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ५०४ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित फेला परेका हुन् । 

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११९३८ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ३५४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा २७ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएका छैनन् ।

आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४६९ पुगेको छ  ।  

गाउँ सहर संवाददाता

तपाईँको मत