सूर्या लाइफ इन्स्योरेन्सकाे ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण मंगलबार, २०७८ | १८:५५:०० मा प्रकाशित
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक गरेको छ ।
सोमबारदेखि लागू हुने गरी न्यूनतम प्रमियममै बीमा गर्न सकिने योजना ल्याएको हो ।
योजना अनुसार १८ वर्ष उमेर समूहका व्यक्तिले १ करोड रुपैयाँको बीमाङ्कमा वार्षिक १४ हजार ५५० वा मासिक १२ सय रुपैयाँ तिरे पुग्ने कम्पनीको भनाइ छ ।
साथै, १८ देखि ६५ वर्ष उमेरका नागरिक सुरक्षित र जीवनको रक्षावरण होस् भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याइएको कम्पनीको दाबी छ ।
सूर्या सूरक्षा कवज न्यूनतम १ लाखदेखि आय स्रोतका आधारमा जति पनि गर्न सकिनेछ ।
जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्चसहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ ।
साथै, १ देखि ३० वर्षसम्म बीमा अवधि भएको यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।
जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था गरिएको छ कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले जानकारी दिए । बीमा शुल्क भने उमेर र अबधिको आधारमा फरक पर्न सक्ने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस