अर्थतन्त्र

बुधबार पनि बढ्याे सुनकाे मूल्य

काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको मूल्य  बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा १९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको छ ।  

आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३७५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।     

गाउँ सहर संवाददाता

तपाईँको मत