कसले गर्याे सभामुख सापकाेटाविरूद्ध भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार ?
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | १४:१६:०० मा प्रकाशित
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सचिवालयले सभामुखकाे नाम जाेडेर अफवाह फैलाउन खोजिएको र राजनैतिक पूर्वाग्रहबाट प्रेरित प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।
सचिवालयले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जारी गरेको प्रेस वक्तव्यप्रति लक्ष्यित गर्दै आपत्ति जनाएकाे हाे । सभामुख सापकोटाको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै आफूले बोल्दै नबोलेको कूप्रचार गरेको आरोप लगाएको छ ।
एमालेले एमसीसीलगायतका विषयमा स्पष्ट पार्न मंगलबार जारी गरेको वक्तव्यमा ‘एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति’ सभामुखले दिएको आरोप लगाएको थियो ।
‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिन भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।’
नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी सभामुखले गर्दै आएको भन्दै सचिवालयले आफ्ना विरुद्ध ‘कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक’ रहेको बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस