शेयर बजारमा उच्च अंकको पहिराे, ३ अर्ब ६२ करोडकाे काराेबार
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | १५:५२:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजारमा साताको कारोबारको चौथो दिन बुधबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६३.९८ अंकले घटेर दुई हजार ५ सय ४६ दशमलब ६० विन्दुमा रोकिएको हो । त्यस्तै, आज ३ अर्ब ६२ करोड ११ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८८ वटा कम्पनी घटेका छन् भने ३ वटा कम्पनी मात्रै बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ४ प्रतिशतले बढेर प्रतिकित्ता ५७२ रुपैयाँ पुगेको छ ।
आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता ६३१ रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड १८ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस