राजनीति

राप्रपा नेपालमा १६ पदाधिकारी मनोनीत (नामसहित)

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन् भने ४ जनालाई महामन्त्री र ६ जनालाई सहायक मन्त्री बनाएका छन् । 

राप्रपा प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौं), जयकुमार खड्का (काठमाडौं), राजेन्द्र वीर राय (बाँके), डा विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) उपाध्यक्ष चयन भएका छन् । आज मनोनयनमा परेकामध्ये उपाध्यक्ष लाक्पाले आफू अध्यक्ष रहेको राप्रपा नेपाल कमल थापाको जिम्मा लगाएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत