अर्थतन्त्र
आन्तरिक विप्रेषणको कारोबार सीमा घटाइयाे
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | ०७:२१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्सको) सीमा घटाएको छ । केन्द्रीय बैंकले फागुन १८ गतेदेखि नै लागु हुनेगरी यस्तो सिमालाई घटाएको हो ।
विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रूपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो।
यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा एक लाख रूपैयाँसम्म थियो ।
केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस