बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा यस्ता छन्
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १०:३३:०० मा प्रकाशित
काठमाडाैं । बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक बस्दैछ । बैठक केही बेरमा बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बैठकमा उपस्थित रहेका छन् ।
आजको बैठकमा दुई मन्त्री थप र राज नियुक्तिका विषयमा छलफल हुने बताइएको छ । गत पुस २ गते रक्षमन्त्री मिनेन्द्र रिजालले राजिनामा दिएपछि । उक्त मन्त्रालयसहित उधोग प्रधानमन्त्री देउवाले आफैसँग राखेका छन् । गत असोजमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त गरेका राजदुत फिर्ता बोलाएका थिए । त्यस यता ति फिर्ता बोलाएका स्थानमा कसलाई राजदुत बनाएर पठाउँने विषयमा छलफल भए पनि अहिलेसम्म नियुक्ति गरेका छैनन् ।
यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पनि बैठकमा सहभागी रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
संसदबाट एमसीसी अनुमाेदनकाे चार दिनमा एमसीसी बाेर्डबाट स्वीकृत भएकाे दाेस्राे दिन गठबन्धनकाे बैठक बस्न लागेकाे हाे ।
बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस