अर्थतन्त्र

ओरालो लाग्यो सुनकाे मूल्य, चाँदी बढ्याे

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच रुपैयाँ कायम गरिएको छ ।  

आज चाँदीको मूल्यमा भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत