रुस–युक्रेन युद्ध : दुईहजार ८७० युक्रेनी र ४९८ रुसी सेना मारिए, ५७२ युक्रेनी सेनालाई बन्धक बनाइयाे
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | ११:३६:०० मा प्रकाशित
काठमाडाैं । रुस–युक्रेनमा युद्धमा ४९८ रुसी सेना मारिएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
युक्रेन आक्रमणको आठौं दिनसम्म युक्रेनमा हमला गर्न गएका एकहजार ५९७ जना रुसी सेना घाइते भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरिएको छ ।
रक्षामन्त्री इगोर कोनासेन्कोभले रुसी सेनालाई गुमराहमा राख्न नियोजित ढंगले युक्रेनले अस्वाभाविक रिपोर्ट सार्वजनिक गरेको भन्दै सो रिपोर्ट अस्विकार गरे ।
यता, युक्रेनले आक्रमणमा आएका धेरै रुसी सेनाको ज्यान गएको बताएको थियो भने मस्कोले हताहति भएको स्विकार गरे पनि संख्या नबताएको अलजजिराले उल्लेख गरेको छ ।
प्रवक्ताका अनुसार दुईहजार ८७० युक्रेनी सेनाको ज्यान गएको र तीनहजार सातसय घाइते भएको जनाएको छ । यस्तै, ५७२ युक्रेनी सेनालाई बन्धक बनाएको छ ।
सोही विषयमा युक्रेनी अधिकारीले रुसी दाबीबारे कुनै प्रतिक्रिया नजाएका कारण स्वतन्त्र पुष्टि भएको छैन ।
उता, युक्रेनी राज्य आपतकालिन सेवाले दुईहजार भन्दा बढी सर्वसाधारण युक्रेनी जनता रुसी आक्रमणमा मारिएको दाबी गरे पनि पुष्टि हुन बाँकी रहेकाे जनाइएकाे छ ।
संयुक्त राष्ट्र संघको मानवअधिकार आयोगले १३ बालबालिकासहित १३६ जना सर्वसाधारण युक्रेनी जनता मारिएको प्रतिवेदन सार्वजनिक गरेको हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस