स्वास्थ्य

शिवरात्रीमा ॐ चाबहिल डेन्टलको निःशुल्क स्वास्थ्य शिविर

काठमाडाैं । महाशिवरात्रीकाे अवसरमा ॐ चाबहिल डेन्टल हस्पिटलले पशुपतिनाथ परिसरमा राखेकाे दन्त शिविरबाट एकहजार भन्दा बढिले नि:शुल्क सेवा लिएका छन् ।  

डेन्टलले महाशिवरात्रीमा पशुपतिनाथकाे दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरूकाे दाँत परीक्षण गरिएकाे हाे ।

शिविरमा जचाउनेकाे दाँत सफा गरिएकाे तथा औषधिसमेत उपलब्ध गराइएकाे हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।

राष्ट्रिय चाडपर्व तथा विभिन्न जिल्लाका स्थानीय तहमासमेत पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए । 

काठमाडौंको चाबहिल र काेटेश्वर चाेकमा रहेकाे डेन्टल हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको छ ।

सञ्चालनमा आएको छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत