स्वास्थ्य

काेराेना संक्रमित थप एक जनाकाे मृत्यु, १२६ संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १२६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । कुल आठ हजार ९३३ वटा नमुना परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।

त्यसैगरी, सोही अवधिमा ३८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या सात हजार २४२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक संक्रमितको भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत