स्थानीय तहमा गठबन्धन केन्द्रीय तहको निर्णयले हुन सक्दैनः पौडेल
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १८:४३:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन । स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ’, उनले भने ।
उनले आगामी चुनावमा काँग्रेसले भ्रष्टाचारविरुद्धको एजेण्डा अघि सार्नुपर्ने पनि उनले बताए ।
‘स्थानीय तहले विकासलाई गाउउँगाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै नै भएको छ । तर सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाच्नमा काँग्रेस भ्रष्टाचारविरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ ।’
उनले विकासको आधार स्थानीय तह भएकाले भ्रष्टाचारविरुद्ध कांग्रेस खरो रुपमा उत्रिन जरुरी रहेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस