गाउँ सहर

साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाडाैं । शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् ।

संस्थानले नौसय देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । यसैगरी कोषले एक सय पाँच रुपैयाँदेखि पाँच हजार एक सय रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कोषले अहिलेसम्म झन्डै तीन हजार पाँच सय जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ ।

गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत