वातावरण

आजकाे माैसमी पूर्वानुमान यस्ताे छ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली अन्यत्र मौसम सामान्यतया सफा रहने छ ।

देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।  

आज (आइतबार) दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र अन्यत्र मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ । 

आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का पहाडी एवं हिमाली भू–भागमा आंशिक बदली रहने र अन्यत्र सामान्यता मौसम सफा रहने महाशाखाको भनाइ छ । 

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत