जर्वजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन पक्राउ
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | ०७:०९:०० मा प्रकाशित
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरुलाई जर्वजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पोखरास्थित लेकसाइडमा कोठा भाडामा लिई वा विभिन्न होटलहरुमा यौन कार्य गराएको आरोपमा एक युवतीसहित तीन जना पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतारा–६ कि २२ वर्षीया पुजा थापामगर, पोखरा महानगरपालिका–७ मुस्ताङ चोकका ३० वर्षीय नारायण पोखरेल, बाँके चिसापानी–९ का २२ वर्षीय विशाल योगी रहेका छन् ।
कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती यौन कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस