गाउँ सहर

आइतबारदेखि लागू हुनेगरि आन्तरिक उडानको भाडादर वृद्धि, कुन रुटको कति ? (सूचीसहित)

 काठमाडाैं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै उडानको पनि भाडा बढाइएको छ ।

एयरलाइन्स अपरेटर्स एशोसियसन अफ नेपालले आइतबारदेखि लागू हुनेगरि आन्तरिक उडानको भाडादर वृद्धि गरेको हो । आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयासम्म भाडा वृद्धि गरिएको छ ।

नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको एशोसिएयसनले जानकारी दिएकाे छ । 

निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयाँमा खरीद गरी १३६ रुपैयाँ प्रति लिटरका दरले विक्री गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत