अर्थतन्त्र

एकैदिन २००० रुपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलामा लाख भन्दा माथि

काठमाडाैं । आइतबार नेपाली बजारमा सुनकाे मूल्यमा भारी मूल्य वृद्धि भएकाे छ । नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो ।

महासंघका अनुसार आज तोलामा २००० रुपैयाँले बढ्दै करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो । यसअघि, गत वर्ष २०७७ साल भदौ ३ गते सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो । त्यसयता निरन्तर घट्दै उक्त मूल्यमा पुगेको थिएन ।

आज चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी रहेकाे महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत