गाउँ सहर

लुक्ला विमानस्थल नजिकै जङ्गलमा लागेको आगलागी, हेलिकप्टरबाट निभाउने प्रयास

सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा भीषण आगलागी भइरहेको छ ।

लुक्ला नजिकैको नक्चुङ भन्ने स्थानको वनमा लागेको आगोको धुवाँका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

प्राधिकरण प्रमुख द्वारिका अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो ।

अहिले हावाका कारण धुवाँ अन्यत्र 'ड्राइभड' भएकाले उडान भइरहेको उनको भनाइ छ    ।

खुम्बु पासाङ ल्हामु गाउपालिका २ को नाक्चुङ स्थित जङ्गलबाट गएरातिदेखि सुरु भएको आगो फैलदो अवस्थामा रहेको छ ।

आगो कसले र किन लगाए भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।   

आगोका कारण सल्ला, उत्तिस लगाएतका प्रजातिका बोटबिरुवाहरु धेरै मात्रामा नष्ट भइसकेको स्थानीयले बताएका छन् ।

निभाउन काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर मगाइएकाे खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासि ल्हामु शेर्पाले जानकारी दिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत