गाडी भाडा बढाउन यातायात व्यवसायीकाे चर्को दबाब
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | ११:०३:०० मा प्रकाशित
काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले गाडी भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयोजन गर्न सरकारलाई दबाब दिएका हुन् ।
भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । उनले सरकारले भाडा नबढाएमा आफैं भाडा बढाएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
व्यवसायीले इन्धनमा भएको मूल्यवृद्धिले व्यवसाय टिकाउन समेत गाह्रो भएको जनाउँदै मूल्य वृद्धिअनुसार सार्वजनिक सवारीको भाडा बढाउन पाउनुपर्ने जनाएका छन् ।
व्यवसायीले कोरोनाले लामो समय मारमा परेर बिस्तारै उठ्न लाग्न फेरि बढ्दो इन्धनको मूल्यले बैंकको किस्ता बुझाउन कठिन भएको बताएका छन् ।
व्यवसायीले भाडा वृद्धि गर्न माग गर्दै आए पनि सरकारले भने भाडा वृद्धि गरेको धेरै नभएको भन्दै अहिले नै हतार गर्न नहुने जनाएको छ । सरकार अहिले नै भाडा वृद्धि गर्ने पक्षमा नदेखिएपछि व्यवसायीले भने आन्दोलनको चेतावनी दिएका छन् । व्यवसायीले सरकारलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको जनाउँदै माग सम्बोधन नभए आन्दोलनमा उत्रने जनाएका छन् ।
गत असारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २८ प्रतिशतसम्म भाडा बढाएका थिए ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस