नेष्डो समृद्ध लघुवित्तको आईपीओ भाेलि बाँडफाँट हुने
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | ११:३२:०० मा प्रकाशित
काठमाडाैं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ । फागुन २४ गते कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएकाे छ ।
कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ४१ हजार ४३७ कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सर्वसाधारण लगानीकर्ताहरुमा जारी गरेको थियो ।
विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा माग गरेभन्दा झण्डै ३९.०२ गुणा बढी आवेदन परेको छ ।
कुल ८ लाख २८ हजार ७५० कित्ताका लागि २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जसमध्ये ७७ हजार ४५६ जनाले मात्र कम्पनीको सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुने देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कतारी अमिरको नेपाल भ्रमणकति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
प्रतिकृया दिनुहोस