ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | ११:५६:०० मा प्रकाशित
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकैपरिवारका ५ जना मृत फेला परेका छन् ।
२ दिने शिशुसहित ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए ।
स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस