रञ्जना स्याङ्बो तामाङले जितिन् ‘मिस तामाङ २०२२’ काे उपाधि
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | १२:१२:०० मा प्रकाशित
काठमाडौं । १४औं संस्करणको ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जितेकी छन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि सुरक्षित गरेकी हुन् ।
‘मिस तामाङ २०२२’ रञ्जनालाई ‘मिस तामाङ २०२१’की विजेता सफलता तामाङले ताज पहिराई दिएकी थिइन् । रञ्जनाले उपाधिसँगै एक लाख नगद पाएकी छन् ।
एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालले आयोजनामा भएको प्रतियोगितामा काभ्रेकी पुजा तामाङ ‘फस्ट रनर अप’ बन्दै ५० हजार नगद पुरस्कार हात पार्दा डिजी लोप्चन ‘सेकेन्ड रनर अप’ र दोलखाकी प्रकृति पाख्रिन ‘थर्ड रनर अप’ भए ।
तामाङ भाषा, धर्म, कला, संस्कृति र रितिरिवाजलाई संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित मिस तामाङ २०२२को १४औं मिस तामाङको उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले पहिरेकी छिन् ।
माननीय सांसद नविना लामाको प्रमुख आतिथ्यता अनि सांसद शान्ती तामाङ र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बिशिस्ट आतिथ्यता रहेको उक्त प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ, अटेक नेपालका अध्यक्ष केडि मोक्तान,मिस तामाङ २०१७ कि बिजेता पिंकि घिसिङ, फिल्म निर्देशक राज किङ वाइबा र माया फाउन्डेसनका अध्यक्ष डा.दिल बहादुर थोकर थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस