राजनीति

गाउँपालिकाका अध्यक्षसहित करिब २ सय नेता-कार्यकर्ता कांग्रेस प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् ।

उनलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार पार्टी प्रवेश गराएका हुन् ।

क्षेत्रीसहित एमालेका जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्री, सुभाष सुन्दाससहित करिब २ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत