१७ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण मंगलबार, २०७८ | २०:०७:०० मा प्रकाशित
लेखनाथ । कोभिडका कारण गत वर्ष देखि विभिन्न समयमा मिति तोकिएर पनि रोकिएको १७ औं लेखनाथ महोत्सवको तयारीको काम करीव ९० प्रतिशत सम्पन्न भई अन्तिम चरणमा पुगेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।
यस वर्ष पुस ८ र माघ १३ मा गर्ने भनि मिति तय गरेपनि कोभिडका कारण रोकिएको १७ औं सस्करणको लेखनाथ महोत्सव फागुन २६ देखि चैत्र ७ गते सम्म हुन लागेको छ ।
विगतका वर्षहरुमा जस्तै यस पटकको महोत्सवमा पनि उद्योग, व्यवसाय तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उदेश्य राखी पोखरा २७ को तालचोक स्थित डाँडाकोनाकमा हुने महोत्सवमा तीन सयवटा स्टल रहने र महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।
महोत्सवमा १ करोड ५ लाख आम्दानी हुने र ९० लाख रूपैयाँ खर्च भई १५ लाख रूपैयाँ बचत हुने अनुमान गरिएको प्रचार प्रसार उप समितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष गोपिचन्द्र वास्तोलाले जानकारी दिँदै कोभिडका कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव सहयोगी शिद्ध हुने भएकाले स्वास्थ्यका सम्पूर्ण विधिहरु अपनाएर महोत्सव संचालन गरिने बताए ।
महोत्सवका बारेमा जानकारी दिने उद्धेश्यले राखिएको छलफल कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले आयातित वस्तुको अलवा कृषिमा आधारित उत्पादनलाई प्रथामिकता दिँदै कोभिडका कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउँदै पोखरा तथा गण्डकी प्रदेश क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सव सहयोगी हुनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले संघको गरिमा र विगतका महोत्सवले हात पारेको सफलताका कारण यो वर्षको महोत्वसव पनि सभ्य र भव्य हुने विश्वास ब्यक्त गरेका थिए ।
संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र कार्यक्रम संचालन महासचिव उपेन्द्रराज सुवेदीले गरेका थिए ।
महोत्सवलाई व्यवस्थित रुपले संचालनका लागि आठ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय सल्लाहकार समिति र एक सय ९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरी तयारीलाई अगाडि बढाईएको जनाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस