नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | ०८:०२:०० मा प्रकाशित
काठमाडाैं । स्थानीय तहको चुनावी रणनीति तय गर्नेलगायत समसामयिक विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुने भएको छ।
आज बिहान ११ बजेदेखि बबरमहलमा केन्द्रीय कमिटी बैठक गरिने पार्टीले जनाएको छ।
बैठक बिहीबारसम्म चल्नेछ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। उनले यसअघि बसेको पोलिटव्युरो बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
परिमार्जनसहित उक्त प्रतिवेदन छलफलका लागि केन्द्रीय कमिटीमा पेश गर्ने तयारी छ। राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटेर अध्यक्ष नेपालले प्रतिवेदन बनाएका छन्।
पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस